डिजिटल बैंकिङ तथा व्यवसाय विस्तारबारे ग्लोबल आइएमई बैंक र नास-आईटीबीच अन्तरक्रिया



बिजमाण्डू
२०८२ कात्तिक १९ गते १४:५१ | Nov 5, 2025
डिजिटल बैंकिङ तथा व्यवसाय विस्तारबारे ग्लोबल आइएमई बैंक र नास-आईटीबीच अन्तरक्रिया

काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी)का सदस्यहरूका लागि बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तरक्रिया गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि बैंकको कर्जा योजनाहरू, बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न विषयमा छलफल गरेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता कार्यक्रमहरू संचालन गरिरहेको जानकारी दिए। बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरू समेत संचालन गरिरहेको उनले बताए।

बैंकले नास-आईटीबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू संचालन गर्ने योजना रहेको जनाएको छ। ग्लोबल आइएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।