सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, ४ सञ्चालक पनि छान्ने



बिजमाण्डू
२०८२ कात्तिक १९ गते ११:११ | Nov 5, 2025
सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, ४ सञ्चालक पनि छान्ने

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले मंसिर १२ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो।

Tata
GBIME
Nepal Life

साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक पनि निर्वाचित गर्नेछ।