थापाथलीको ट्राफिक प्रहरी प्रभाग भत्काउने महानगरको तयारी, आज पनि चल्यो डोजर



बिजमाण्डू
२०८२ कात्तिक १६ गते १२:२७ | Nov 2, 2025
थापाथलीको ट्राफिक प्रहरी प्रभाग भत्काउने महानगरको तयारी, आज पनि चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पनि थापाथलीको सार्वजनिक क्षेत्रमा संरचना हटाउने कार्य गरिरहेको छ। राम मन्दिर परिसरमा रहेका संरचनामा महानगरले डोजर चलाएको हो।

Tata
GBIME
Nepal Life

महानगरले थापाथलीमा केही महिनाअघिमात्रै संचालनमा आएको इरानी चियासँगै अन्य संरचना भत्काएको हो।

थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने महानगरको योजना छ। अहिले सो क्षेत्रमा प्रहरी परिचालन भएको छ। तत्काललाई भने प्रभाग भत्काउने कार्यबाट महानगर पछि हटेको बताइन्छ। तर, महानगर भने निकट भविष्यमा सो संरचना पनि हटाउने योजनामा छ।

सो प्रभाग निकै पुरानो हो। थापाथलीमा तैनाथ रहने ट्राफिक प्रहरी त्यही बस्दै आएका थिए।

केही दिन अघि मात्रै महानगरले सोही क्षेत्रमा रहेको अन्य संरचना भत्काएको थियो।