नर्सिङ एसोसिएसनको आन्दोलनमा वीर अस्पतालका नर्सहरूको समर्थन, हातमा कालो पट्टी बाँधेर गरे प्रदर्शन



सुशील श्रेष्ठ
२०८२ कात्तिक १४ गते १२:०९ | Oct 31, 2025
नर्सिङ एसोसिएसनको आन्दोलनमा वीर अस्पतालका नर्सहरूको समर्थन, हातमा कालो पट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं। निजी अस्पतालहरूमा नर्सहरूलाई न्यून तलबमा श्रम गराएको विरोधमा देशभरका नर्सहरू आन्दोलित भएका छन्। सोही आन्दोलनलाई समर्थन गर्दै शुक्रबार वीर अस्पताल परिसर बाहिर पनि नर्सहरूले प्रदर्शन गरेका छन्।

Tata
GBIME
Nepal Life

हातमा कालो पट्टी बाँधी प्ले कार्ड बोकेर अस्पताल परिसर बाहिर नर्सहरूले प्रदर्शन गरेका हुन्।

नेपाल नर्सिङ एसोसिएसनको आह्वानमा निजी अस्पतालमा पनि सरकारी नर्स सरह सेवा सुविधा पाउनु पर्ने लगायतको माग नर्सहरूले गरिरहेका छन्।