कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले डेपुटी गभर्नर मिश्रसामु लिए शपथ



बिजमाण्डू
२०८२ असोज २८ गते १४:३४ | Oct 14, 2025
कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले डेपुटी गभर्नर मिश्रसामु लिए शपथ

काठमाडौं। कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट संचालकमा निर्वाचित आचार्य सोही दिन बसेको संचालक समितिको बैठकबाट अध्यक्ष चयन भएका थिए।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिम्सिना, कामना सेवा विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए।