घरलाई झिलिमिली बनाउन भक्तपुरमा बन्दैछ दियो, व्यापार घटे पनि रोकिएको छैन उत्पादन



सुशील श्रेष्ठ
२०८२ असोज २८ गते ०७:०८ | Oct 14, 2025
घरलाई झिलिमिली बनाउन भक्तपुरमा बन्दैछ दियो, व्यापार घटे पनि रोकिएको छैन उत्पादन

काठमाडौं । झिलिमिली बत्तीको चाड तिहार संघारमा छ। त्यसैका लागि भक्तपुरमा दियो (पाला) बनाउनेहरुलाई भ्याइनभ्याइ छ।

Tata
GBIME
Nepal Life

भक्तपुरको पोटरी स्क्वायरमा तिहारका लागि अहिले पालाको उत्पादन दिनहुँ हुँदैछ। अरु समयमा भन्दा तिहारको बेला माटोको पालाको माग बढी हुने गर्छ। तर, अहिले भने पहिलाको जस्तो उमंग यहाँ माटोको भाडा बनाएर जिविकोपार्जन गर्नेमा देखिन्‍न। यद्यपि, उनीहरुले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन्।

पहिला तिहारमा माटाको ग्राग्रो, गमला, खुत्रुके लगायतका भाडा पनि किन्‍ने मान्छे यहाँ पुग्ने गर्थे। अचेल त्यो भिड प्लास्टिकका भाडातर्फ मोडिएका छन्।

भक्तपुरका गणेश प्रजापति अहिले दिनहुँ  १ हजार ५०० वटा पाला बनाउने गरेको बताउँछन्। उनले बनाएको पाला उपत्यका बाहिरसमेत पुग्छ। पहिला जस्तै व्यापार नभए पनि उनी आफ्नो काममा सन्तुष्ट छन्।

तर भारत र चीनबाट आयातित प्लास्टिकका बत्ती र दियोले गर्दा स्थानीय व्यापारम असर पुगेको उनको पनि बुझाइ छ।

यस्तै, गुनासो भक्तपुरमा पाला उत्पादन गर्ने अन्य व्यवसायीको पनि छ। त्यसैले अहिले पोटरी स्क्वायरमा पालासँगै माटाका अन्य भाडाहरु पनि बनाइँदैछ। पर्यटकहरु पनि त्यहाँ पुगेर यो कला सिक्ने क्रम बढेको छ।