कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांशको प्रस्ताव साधारण सभाबाट पारित



बिजमाण्डू
२०८२ असोज २४ गते १६:३२ | Oct 10, 2025
कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांशको प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौं। कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न साधारण सभाले १५.७८९५ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको थियो।

साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ।

त्यसैगरी, सभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।

उक्त साधारण सभाले आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एनबीएसएम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ।