महालक्ष्मी विकास बैंकका ग्राहकले र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट पाउने



बिजमाण्डू
२०८२ असोज २३ गते १४:०२ | Oct 9, 2025
महालक्ष्मी विकास बैंकका ग्राहकले र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट पाउने

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट पाउने भएका छन्। बैंकले यस सम्बन्धमा होटलसँग सम्झौता भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त होटलले एयरपोर्ट लाउन्जमा प्रदान गर्नेसहित विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशतको छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।