जेनजी प्रदर्शनको एक महिना : डम्पिङ साइट बन्यो संसद् भवन, जलेका गाडीमाथि गाडी



प्रवीण रानाभाट
२०८२ असोज २३ गते ११:५९ | Oct 9, 2025
जेनजी प्रदर्शनको एक महिना : डम्पिङ साइट बन्यो संसद् भवन, जलेका गाडीमाथि गाडी

काठमाडौ । सामाजिक संजाल बन्द भएसँगै भ्रष्टाचार र कुशासनको विरुद्ध भन्दै सुरु भएको जेनजी प्रदर्शन भएको एक महिना भएको छ। यो प्रदर्शनसँगै देश अहिले अन्तरिम सरकारले चलाइरहेको छ भने सुरक्षा चुनौती पनि बढेको छ।

Tata
GBIME
Nepal Life

जेनजी प्रदर्शनका क्रममा देशभर विभिन्न सरकारी र निजी भवनहरु जलाइएका थिए। सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवाससँगै प्रहरी र ट्राफिक प्रहरी कार्यालयहर तोडफोड र आगजनी गरिए।

प्रदर्शनको इपिसेन्टर बानेश्वरस्थित संघीय संसद् भवन थियो। पहिलो दिनमा त्यहाँ सुरक्षाकर्मीको गोली लागेर कयौं युवाको मृत्यु भयो। दोस्रो दिन संघीय संसद भवनमै आगो लगाइएको थियो।

धेरै सरकारी र निजी गाडीहरु पनि जेनजी प्रदर्शनका क्रममा जलाइए। अहिले जलाएर धवस्त बनेका गाडीहरु संकलन गरेर नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राखिएको छ।

सिंहदरबारबाट पनि जलेका गाडीहरुलाई बानेश्वरमै लगिँदैछ।