अमेरिकामा आयात हुने औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, नेपालमा पर्छ असर?



बिजमाण्डू
२०८२ असोज १० गते ०८:१६ | Sep 26, 2025
अमेरिकामा आयात हुने औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, नेपालमा पर्छ असर?
Picture made with Chat GPT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १ देखि सबै आयातित ब्राण्डेड वा पेटेन्टेड औषधि उत्पादनहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीहरूले आफ्नो औषधि उत्पादन कारखाना अमेरिकामै निर्माण गरिरहेको खण्डमा भने उक्त शुल्क नलाग्ने ट्रम्पले जनाएका छन्। सो सेवा पाउन भने कम्पनीहरु अमेरिकामा ‘इज बिलडिङ’ अवस्थामा हुनुपर्ने उनले सामाजिक संजालम लेखेका हुन्।

 ट्यारिफ वारमा होमिएका ट्रम्पले यो कदमलाई अमेरिकाभित्रै औषधि उत्पादन बढाउने र विदेशी आयातको निर्भरता घटाउने उद्देश्यका रुपमा पेस गरेका छन्।

ट्रम्पको यो निर्णयले अमेरिकामा मात्र नभइ विश्वभर औषधि उद्योग र आपूर्ति प्रभावित हुने अनुमान गरिएको छ। ट्रम्पको यो निर्णयले बहुराष्ट्रिय औषधि कम्पनीहरुलाई असर पर्नेछ।

ट्रम्पको यो कदमले भारतमा पनि असर गर्नेछ। भारतले सन् २०२४ मा मात्रै अमेरिकामा करिब एक ट्रिलियन बराबरको औषधिजन्य उत्पादन पठाएको थियो। पछिल्लो समय भारत र अमेरिकाबीचको सम्बन्ध राम्रो छैन। व्यक्तिगत रुपमा ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिले पनि त्यसको फाइदा भारतले उठाउन सकेको छैन।

नेपालबाट पनि अमेरिकामा औषधिजन्य उत्पादन अमेरिका निर्यात हुने गरेको छ। तर यसको मात्र निकै सानो छ। एक वर्षमा करिब ३५ लाख रुपैयाँको औषधिजन्य उत्पादन अमेरिका निर्यात हुने देखिएको छ। तर, यो हरेक वर्ष हुने कारोबार होइन। अवस्था र माग भएमा मात्रै नेपालले औषधि अमेरिका पठाउने गरेको छ।