चार महिनापछि रारा विमानस्थलमा उडान, सेवा नियमित गर्न यात्रुहरुको माग



बिजमाण्डू
२०८२ असोज ६ गते १४:२८ | Sep 22, 2025
चार महिनापछि रारा विमानस्थलमा उडान, सेवा नियमित गर्न यात्रुहरुको माग


काठमाडौं । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ।

Tata
GBIME

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो।

सुरुमा नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए। तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए।

आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए।

यात्रुहरुले पनि नियमित उडान भए दुर्गमका जनताले राहत पाउने बताएका छन्।

विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्ट बताउँछन्। रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्। रासस