लुटपाट गर्ने २७ जनालाई सेनाले लियो नियन्त्रणमा, चोरी गरिएको ३४ लाख बरामद



बिजमाण्डू
२०८२ भदौ २५ गते १०:५४ | Sep 10, 2025
लुटपाट गर्ने २७ जनालाई सेनाले लियो नियन्त्रणमा, चोरी गरिएको ३४ लाख बरामद


काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चोरी तथा लुटपाट गर्ने २७ जनालाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME

मौकाको फाइदा उठाएर लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको हो।

त्यसैगरी, काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न उनीहरूको साथमा रहेको ३३ लाख ७७ हजार रुपैयाँ बरामद गरिएको छ। काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ।

साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको छ।