निजी तथा सार्वजनिक स्थानमा चोरी गर्नेहरू खोज्दै प्रहरी, मोरङमा रंगेहात समातिए



बिजमाण्डू
२०८२ भदौ २५ गते ०८:१८ | Sep 10, 2025
निजी तथा सार्वजनिक स्थानमा चोरी गर्नेहरू खोज्दै प्रहरी, मोरङमा रंगेहात समातिए


काठमाडौं। सेनाले सुरक्षा कमान्ड सम्हालेपछि अन्य सुरक्षा निकायले पनि अवान्छित गतिविधि गर्नेहरूमाथि धरपकड तथा निगरानी थालेको छ।

Tata
GBIME

काठमाडौं उपत्यकाभित्र सेनाले केही मानिस पक्राउ गरेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा पनि चोरी गर्ने चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भारत घर भएका रामतेश प्रसाद, अभिषेश यादव, मोरङका चन्द्र मण्डल र गंगा मण्डल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले टेम्पो, मोटरसाइकल, फर्निचर लगायत सामान बरामद गरेको छ।