एचएन्डबी विकास बैंक घोटाला : साढे ११ करोड रुपैयाँ जरिवाना तोकिएका दुईजना पक्राउ



बिजमाण्डू
२०८२ भदौ २० गते १५:०१ | Sep 5, 2025
एचएन्डबी विकास बैंक घोटाला : साढे ११ करोड रुपैयाँ जरिवाना तोकिएका दुईजना पक्राउ


काठमडौं । तत्कालीन एचएन्डबी डेभलपमेन्ट बैंक घोटलामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुईजनालाई भक्तपुर र ललितपुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र ५० वर्षीय अरबिन्द्र श्रेष्ठ रहेको सीआइबीका एसपी युवराज खड्काले जानकारी दिए।

२०८१ साल जेठमा सर्वोच्च अदालतले प्रधानलाई ९ करोड २१ लाख रुपैयाँ बिगो र ७ वर्ष कैद सजाय सुनाएको थियो। उनलाई भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।

त्यस्तै श्रेष्ठलाई भने २ करोड  ५० लाख बिगो सहित ३ वर्ष कैद सुनाइएको थियो। उनी ललितपुरबाट पक्राउ परेका हुन्।

दुवै जनालाई फैसला कार्यान्वयको लागि अदातलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यो बैंकको नाम परिवर्तन गरेर सोसाइटी डेभलपमेन्ट बैंक राखिएको थियो। हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक एचएन्डबी बनेको थियो। २०७१ सालमा एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई ठगी आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो।

तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले सैंजु र पूर्वसञ्चालक पुष्पज्योति ढुंगानालाई पनि नियन्त्रणमा लिएको थियो । दुवैजनालाई ग्राहकको चार करोड ७७ लाख रुपैयाँ गठी गरेको उजुरीको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।