प्रहरीले ‘सिल’ गरेको सामाखुशीको त्यो घर जहाँबाट भेटियो करोडौं रकम, अझ गणना गरिँदै



बिजमाण्डू
२०८२ भदौ १७ गते १७:२१ | Sep 2, 2025
प्रहरीले ‘सिल’ गरेको सामाखुशीको त्यो घर जहाँबाट भेटियो करोडौं रकम, अझ गणना गरिँदै


काठमाडौं । गोंगबु सामासुशी टाउन प्लानिङमा रहेको एक घरमा आज दिउँसो प्रहरीले छापा मार्‍यो। विशेष सूचनाको आधारमा प्रहरी घर पुगेर खोजतलास गर्दा त्यहाँ ठूलो परिमाणमा रकम भेटियो।

Tata
GBIME

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले विनोद श्रेष्ठको घरमा अहिले पनि रकम गणना गरिरहेको छ।

प्रहरीले घरको दोस्रो तल्लाको कोठाबाट रकम भेट्याएको हो। घर सिल गरेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान पनि गरिरहेको छ।

प्रहरीको अनुसन्धानबीच घरधनीका छोरा त्यहाँ पुगेका थिए। उनले प्रहरीलाई आफूलाई यसबारेमा जानकारी नभएको र थाहा पाएर चकित परेको भनेका छन्।

अहिलेसम्म तीन करोड देखियो। बाँकी मेसिन ल्याएर गन्ने तयारी गरेका छौं। अपरेसन जारी रहेको छ,’परिसरका एसएसपी विश्व अधिकारीले भने।

रकम गणना गर्न अझै केही घण्टा लाग्ने देखिएको उनले बताए।