गोंगबुको घरमा प्रहरीको छापा : ३ करोड रकम गणना भयो, बाँकी मेसिन ल्याएर गन्दै



बिजमाण्डू
२०८२ भदौ १७ गते १६:१५ | Sep 2, 2025
गोंगबुको घरमा प्रहरीको छापा : ३ करोड रकम गणना भयो, बाँकी मेसिन ल्याएर गन्दै


काठमाडौं । सूचनाको आधारमा प्रहरीले काठमाडौंको वडा नम्बर २६ रहेको एक घरमा आज छापा मार्दा अवैध रुपमा स्टोर गरि राखेको रकम फेला पारेको छ।

Tata
GBIME

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले आज दिउँसो विनोद श्रेष्ठको घरमा छापा मारेको थियो। घरको कोठाभित्र स्टोर गरि राखेको रकम फेला परेको हो।

‘अहिलेसम्म तीन करोड देखियो। बाँकी मेसिन ल्याएर गन्ने तयारी गरेका छौं। अपरेसन जारी रहेको छ,’परिसरका एसएसपी विश्व अधिकारीले भने।

अधिकारीका अनुसार रकम फेला परेको घर निजी हो। सो घरबाट केही सुन समेत बरामद भएको छ। सुन र रकम भेटिएकाले चीन तिरबाट हुने सुन तस्करीलाई समेत जोडिएर अनुसन्धान भइरहेको छ।

प्रहरीले सो घरबाट एकजनालाई पक्राउ पनि गरेको छ।

यसअघि प्रहरीले काठमाडौंको टोखाबाट २५ करोड विदेशी रुपैयाँ बरामद गरेको थियो। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।