काठमाडौं। विद्युतीय चुरोट (भेप)को कारोबार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चमती क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची ज्यामिरेका ५० वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुका ४२ वर्षीय कृष्णबहादुर राई छन्।
कोठाभित्र राखेको अवस्थामा प्रहरीले ३ हजार ८०५ थान भेप बरामद गरेको छ। जसको बजार मूल्य हाल करिब ३८ लाख पर्ने प्रहरीले जानकारी दिएको छ।
भेप आयात गर्न निषेध छ। तर, चीनबाट अवैधरुपमा आयात गरी नेपालको बाटो हुँदै भारत पुर्याउने गरिएको प्रहरीको यसअघिका अनुसन्धानले देखाएको छ।








