अमेरिकामा कोकमा वास्तविक उखुको चिनी प्रयोग गर्न कोकाकोला तयार : डोनाल्ड ट्रम्प



बिजमाण्डू
२०८२ साउन १ गते ०९:४२ | Jul 17, 2025
अमेरिकामा कोकमा वास्तविक उखुको चिनी प्रयोग गर्न कोकाकोला तयार : डोनाल्ड ट्रम्प
Photo : AP


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोकाकोलाले आफ्नो पेयपदार्थमा उखुबाट बन्ने चिनी प्रयोग गर्न सहमति जनाएको दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

कोकाकोलाले अमेरिकी प्रडक्टमा कर्न सिरप प्रयोग गर्ने गर्छ। अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडीले यसअघि पेयपदार्थमा प्रयोग हुने वस्तुले स्वास्थ्यमा पार्ने असरबारे प्रश्न उठाएका थिए।

‘म कोकाकोलासँग अमेरिकामा कोकमा वास्तविक उखुबाट बन्ने चिनी प्रयोग गर्नेबारे छलफल गरिरहेको छु। त्यसमा उनीहरुले सहमति जनाएका छन्,’ उनले सामाजिक संजालमा कोकाकोलालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।

कोकाकोलाले ‘ट्रम्पको उत्साहको प्रशंसा’ गर्दै यसबारेमा छिट्टै आफ्नो सूचना साझा गर्ने जनाएको छ।

अमेरिकामा कोकमा कर्न सिरप प्रयोग गरेर गुलियो बनाउने गरिन्छ। तर, मेक्सिको, बेलायत र अष्ट्रेलियामा यसअघि नै उखुबाट बन्ने चिनी प्रयोग गर्ने गरिन्थ्यो।

गत अप्रिलमा कोकाकोलाका प्रमुख कार्यकारी अधिकृत जेम्स कुन्सेले आफ्नो उत्पादनमा चिनीको मात्रा घटाउँदै लग्ने बताएका थिए। अमेरिकी स्वास्थ्य मन्त्रीले अमेरिकीहरुले धेरै चिनी प्रयोग गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउँदै आएका छन्।