अमेरिकामा सुपरम्यानको ओपनिङ ‘सुपरहिट’, ३ दिनमा १७ अर्ब रुपैयाँ कमाउने दिशामा

बिजमाण्डू
२०८२ असार २९ गते ०९:४१ | Jul 13, 2025
अमेरिकामा सुपरम्यानको ओपनिङ ‘सुपरहिट’, ३ दिनमा १७ अर्ब रुपैयाँ कमाउने दिशामा


हलिउड फिल्म सुपरम्यानको २०२५ संस्करण ले बक्सअफिस पूर्वानुमानलाई तोड्दै अमेरिकामा राम्रो ओपनिङ गरेको छ।

Vigo
GBIME
Tata

वार्नर ब्रोज् पिक्चर्सको सुपरम्यान जुलाई ११ मा रिलिज भएको हो। शुक्रबारमात्रै फिल्मले अमेरिकामा ५६.५ अमेरिकी डलर (७ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी) कमायो। बिहीबार सो फिल्मले २२.५ मिलियन अमेरिकी डलर (३ अर्ब बढी) मात्रै कमाउने पूर्वानुमान थियो।

सन् १९३८ को कमिक बुकमा आधारित रहेर सन् १९७८ देखि फिल्म सिरिज् बन्न सुरु भएको हो। अमेरिकामा मात्रै आइतबारसम्म यो फिल्मले १३० मिलियन अमेरिकी डलर (१७ अर्ब रुपैयाँभन्दा बढी) कमाउने देखिएको छ।

यसअघि सो फिल्मले विकएन्डमा ९० मिलियन अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) कमाउने पूर्वानुमान थियो। वार्नर ब्रोजले दर्शकहरुले सुपरम्यानको नयाँ सिरिजलाई मनपराएको जनाएको छ।

रोट्टन टोमाटोजले यो फिल्मलाई ८२ प्रतिशत स्कोर दिएको छ भने पपकर्नमिटरमा यो फिल्मले ९५ प्रतिशत स्कोर पाएको छ। जसले फिल्मको ‘ओपनिङ फर्कास्ट’ ह्वात्तै बढाएको छ।