ऋषि सुनकले गोल्डम्यान स्याक्समा थाले जागिर, वैश्विक राजनीति र अर्थतन्त्रबारे परामर्श दिने

बिजमाण्डू
२०८२ असार २५ गते १३:१६ | Jul 9, 2025
ऋषि सुनकले गोल्डम्यान स्याक्समा थाले जागिर, वैश्विक राजनीति र अर्थतन्त्रबारे परामर्श दिने


बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले गोल्डम्यान स्याक्समा काम गर्न सुरु गरेका छन्। सन् २०२४ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी बैंकको वरिष्ठ सल्लाहकार बनेका हुन्।

Vigo
GBIME
Tata

उनले ‘पार्ट-टाइम’ काम गर्ने क्रममा बैंकका ग्राहकहरुलाई वैश्विक राजनीति र अर्थतन्त्रबारे परामर्श दिनेछन्।

सुनक अहिले रिचमन्ड र नर्थालर्टनबाट कन्जर्भेटिभ सांसद् हुन्। राजनीतिमा प्रवेश गर्नु अघि सन् २००० मा सुनकले बैंकमा विश्लेषकको रुपमा काम गरेका थिए।

गोल्डम्यान स्याक्सका अध्यक्ष र सीइओ डेभिड सोलोमनले सुनकलाई कम्पनीमा फेरि स्वागत गर्न पाउँदा उत्साहित भएको बताएका छन्।

सुनकको तलब दी रिचमण्ड प्रोजेक्टलाई दानमा दिइनेछ। यो च्यारिटी संस्था सुनकले श्रीमती अक्षता मूर्तिसँग मिलेर खोलेका हुन्।