
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले गोल्डम्यान स्याक्समा काम गर्न सुरु गरेका छन्। सन् २०२४ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी बैंकको वरिष्ठ सल्लाहकार बनेका हुन्।
उनले ‘पार्ट-टाइम’ काम गर्ने क्रममा बैंकका ग्राहकहरुलाई वैश्विक राजनीति र अर्थतन्त्रबारे परामर्श दिनेछन्।
सुनक अहिले रिचमन्ड र नर्थालर्टनबाट कन्जर्भेटिभ सांसद् हुन्। राजनीतिमा प्रवेश गर्नु अघि सन् २००० मा सुनकले बैंकमा विश्लेषकको रुपमा काम गरेका थिए।
गोल्डम्यान स्याक्सका अध्यक्ष र सीइओ डेभिड सोलोमनले सुनकलाई कम्पनीमा फेरि स्वागत गर्न पाउँदा उत्साहित भएको बताएका छन्।
सुनकको तलब दी रिचमण्ड प्रोजेक्टलाई दानमा दिइनेछ। यो च्यारिटी संस्था सुनकले श्रीमती अक्षता मूर्तिसँग मिलेर खोलेका हुन्।