
काठमाडौं। केटीएम हस्पिटालिटीको आइपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त भएको छ।
केटीएम ग्रुप होल्डिङ्स अन्तर्गत संचालित ४५ करोड रुपैयाँ चुक्ता पुँजीको केटीएम हस्पिटालिटीले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त गरेको हो।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थितिमा आरबीबी मर्चेन्ट बैंकिङ र केटीएम हस्पिटालिटीले सम्झौता गरेका छन्।
सम्झौतापत्रमा केटीएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
केटीएम हस्पिटालिटी फ्रान्सको प्रतिष्ठित लुभ्र होटल्स समूहअन्तर्गत चितवनमा लक्जरी पाँचतारे रिसोर्ट द रोयल टुलिप सुरुवात गर्ने तयारीमा छ।