मुक्तिनाथ क्यापिटल र राईजिङ हाइड्रोपावर बीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता

बिजमाण्डू
२०८२ असार १६ गते १६:०८ | Jun 30, 2025
मुक्तिनाथ क्यापिटल र राईजिङ हाइड्रोपावर बीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ हाइड्रोपावर प्रा. लि. बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

Tata
GBIME

एक कार्यक्रमबीच राईजिङ हाइड्रोपावर प्रा. लि. बाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

संस्थागत परामर्श सेवा सहितआवश्यक पुँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्ध पत्रमा उल्लेखित उद्देश्य बमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि सम्झौता गरिएको हो।

मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ।

राइजिङ हाइड्रोपावर कम्पनी नेपालको जलविद्युत् क्षेत्रमादिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित संस्था हो। २०६२ साल फागुन २२ गते स्थापना भएको यो कम्पनीले सिन्धुपाल्चोकमा सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) संचालज गरेर वार्षिक ६.७७ गिगावाट विद्युत् उत्पादन गरि राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ।

२०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरि टेनेक्स हाईड्रो होल्डिङ लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश भइसकेको पनि कम्पनीले जनाएको छ।