कांग्रेस नेता बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

बिजमाण्डू
२०८२ असार १५ गते २०:२६ | Jun 29, 2025
कांग्रेस नेता बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
फाइल फोटो

काठमाडौं। विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ। नगद वा बैंक जमानतमा रिहा गर्न विशेषले आदेश गरेको हो।

Tata
GBIME

न्यायाधीशहरु तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई धरौटीमा रिहाको आदेश गरेको हो।

दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते विशेषमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरसँगै बस्नेतको सांसद पद निलम्बनमा परेको थियो।

तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार बिगोदाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।