
पेरुको लिमा सहरमा संचालित मैडो रेष्टुरेन्ट सन् २०२५ का लागि विश्वको उत्कृष्ट रेष्टुरेन्ट घोषित भएको छ। गत वर्ष मैडो पाँचौ स्थानमा थियो।
यो वर्ष स्पेनको असादोर दोस्रो, मेक्सिको सिटीको क्विन्टोनिल तेस्रो, स्पेनको डाइभरक्सो चौथो र डेनमार्कको अल्केमिस्ट पाँचौं स्थानमा रहेको छ।
सन् २०२५ को ‘वर्ल्ड्स ५० बेस्ट रेष्टुरेन्ट’ ले दिने यो अवार्डलाई इनोभेटिभ फाइन डाइनिङको अस्करको रुपमा लिइन्छ।
सेफ मितुसुहारुले संचालन गरेको यो रेष्टुरेन्ट गत वर्ष सूचीको पाँचौ नम्बरमा थियो। मैडो रेष्टुरेन्ट आफ्नो निक्की परिकारका लागि परिचित छ। पेरुका सामाग्रीमा जापानी प्रविधिको संयोजन गरेर आधुनिक र सांस्कृतिक परिकार पस्कनु यो रेष्टुरेन्टको विशेषता हो। मैडो खुलेको १६ वर्ष भइसकेको छ।
गत वर्ष स्पेनको डिस्फ्रुटर सूचीको पहिलो स्थानमा थियो। रेष्टुरेन्टहरुले एकपटक मात्र सर्वोकृष्ट अवार्ड जित्न सक्छन्। त्यसपछि उनीहरु ‘बेस्ट अफ द बेस्ट’ कार्यक्रम अन्तर्गत छुट्टै प्रतिस्पर्धामा होमिन्छन्।
हरेक वर्ष विश्वभरबाट १ हजार १०० भन्दा बढी रेष्टुरेन्ट इन्डस्ट्री एक्स्पर्ट्ससँगै फुड राइटर र सेफहरुले सूची बनाउन मत दिने गर्छन्।
सन् २०२५ का लागि विश्वका उत्कृष्ट ५० रेष्टुराँहरु
- मैडो (लिमा, पेरु)
- असादोर एचेबारी (एट्क्सोन्डो, स्पेन)
- क्विन्टोनिल (मेक्सिको सिटी, मेक्सिको)
- डाइभरक्सो (म्याड्रिड, स्पेन)
- अल्केमिस्ट (कोपेनहेगन, डेनमार्क)
- गगन (बैंकक, थाइल्याण्ड)
- सेजान (टोकियो, जापान)
- टेबल बाइ ब्रुनो भेर्जुस (पेरिस, फ्रान्स)
- जोले (लिमा, पेरु)
- डन जुलियो (ब्युनोस आयर्स, अर्जेन्टिना)
- विङ्ग (हङकङ)
- एटोमिक्स (न्यूयोर्क)
- पोटोङ (बैंकक)
- प्लेनिट्युड (पेरिस, फ्रान्स)
- इकोइ (लन्डन, इंगल्याण्ड)
- लिडो ८४ (गार्डोन रिभिएरा, इटाली)
- सोर्न (बैंकक, थाइल्याण्ड)
- रियले (कास्टेल डि सांग्रो, इटाली)
- द चेयरम्यान (हङकङ)
- एटेलियर मोएसमर नोर्बर्ट नाइडरकोफ्लर (ब्रुनीको, इटाली)
- नारिसावा (टोकियो, जापान)
- सुहरिङ (बैंकक, थाइल्याण्ड)
- बोरागो (स्यान्टियागो, चिली)
- एलकानो (गेतारिया, स्पेन)
- ओडेट (सिंगापुर)
- मेरिटो (लिमा, पेरु)
- ट्रेसइन्ड स्टुडियो (दुबई, युएई)
- लासाई (रियो दे जेनेरियो, ब्राजिल)
- मिङ्गल्स (सियोल, दक्षिण कोरिया)
- ले डु (बैंकक, थाइल्याण्ड)
- ले क्यालेन्ड्रे (रुबानो, इटाली)
- पियाज्जा डुओमो (अल्बा, इटाली)
- स्टिररेक (भियना, अस्ट्रिया)
- एनिग्मा (बार्सिलोना, स्पेन)
- नुसारा (बैंकक, थाइल्याण्ड)
- फ्लोरिलेज (टोकियो, जापान)
- ओर्फाली ब्रोस (दुबई, युएई)
- फ्रान्जेन (स्टकहोम, स्वीडेन)
- मेयता (लिमा, पेरु)
- सेप्टिम (पेरिस, फ्रान्स)
- काडाउ (कोपेनहेगन, डेनमार्क)
- बेलकान्टो (लिस्बन, पोर्चुगल)
- युलियासी (सेनिगालिया, इटाली)
- ला साइम (ओसाका, जापान)
- आर्पेज (पेरिस, फ्रान्स)
- रोजेटा (मेक्सिको सिटी, मेक्सिको)
- भिन (स्किलिङ्गे, स्वीडेन)
- सेलेले (कार्टाजेना, कोलम्बिया)
- कोल (लन्डन, इङ्गल्याण्ड)
- रेस्टुरेन्ट जान (म्युनिख, जर्मनी)