अर्थतन्त्र लयमा फर्किने बाटोमा, जेठमा १ खर्ब ७० अर्बको आयात, निर्यातमा उछाल

बिजमाण्डू
२०८२ असार ६ गते १६:१५ | Jun 20, 2025
अर्थतन्त्र लयमा फर्किने बाटोमा, जेठमा १ खर्ब ७० अर्बको आयात, निर्यातमा उछाल

काठमाडौं। आर्थिक गतिविधि लयमा फर्किने बाटोमा रहेको आयात निर्यातको तथ्यांकले देखाएको छ। आयात निर्यात दुवै बढेको छ। आयात निर्यातमा वृद्धिले आर्थिक गतिविधि बढेको जनाउँछ।

Tata
GBIME

चालु आर्थिक वर्ष जेठमा १ खर्ब ७० अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

यो वर्ष एकै महिनामा यति ठूलो आयात भएको यो पहिलो पटक हो। चालु आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब, फागुनमा १ खर्ब ५७, चैतमा १ खर्ब ६४ अर्ब र चैतमा १ खर्ब ६४ अर्ब ६५ करोडको आयात रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक छ।

यो वर्ष ११ महिनामा पोहोर सोही अवधिको तुलनामा आयात १३.१५ प्रतिशतले बढेको छ। यसपालि ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोडको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ।

निर्यात ७७.७७ प्रतिशतले बढेको छ। पोहोर ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोडको वस्तु निर्यात भएकामा यसपालि सोही अवधिमा त्यो आकार २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

निर्यातमा ठूलो हिस्सा ओगटेको भटमासको तेलको कच्चा पदार्थका कारण पनि आयातको आकार बढेको हो।