बजेटको आलोचना गर्ने कांग्रेस सांसदलाई एमालेको जवाफ : यस्तै थियो प्रकाशशरणको पालामा पनि

बिजमाण्डू
२०८२ असार ६ गते १५:४२ | Jun 20, 2025
बजेटको आलोचना गर्ने कांग्रेस सांसदलाई एमालेको जवाफ : यस्तै थियो प्रकाशशरणको पालामा पनि
इश्वरबहादुर रिजाल

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुबाट बजेटको चर्को आलोचना भएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदले जवाफ फर्काउने प्रयास गरेका छन्।

Tata
GBIME

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बजेटलाई लिएर अर्थमन्त्री विष्णु पौडेलको चर्को आलोचना भएपछि एमाले सांसद इश्वरबहादुर रिजालले प्रकाशशरण महतको पालामा पनि यस्तै थियो भन्दै अहिले किन खनखन् गरेको भनी प्रतिप्रश्न गरे।

‘यहाँ प्रकाशशरण महत हुनुहुन्छ। उहाँ अर्थमन्त्री हुँदा पनि यस्तै थियो। अहिले विष्णु पौडेललाई पनि खुनखुन गरिरहेका छन्। किन यस्तो भइरहेको छ?,’ उनले भने। उनले त्यसो भन्दा महत बैठकमै थिए।

बैठकमा कांग्रेस सांसदहरु दीपक गिरी, रामकृष्ण यादव लगायतले बजेटको चर्को आलोचना गरेका थिए।

एमाले सांसद रिजालले कांग्रेस सांसदहरुलाई पहिलोपटक यथार्थपरक बजेट आएको जवाफ फर्काए। त्यति मात्र होइन बजेटमा देश विकास गर्ने दृष्टिकोण रहेको दाबी पनि उनले गरे।

‘मन्त्रालयको बजेट शीर्षकमा केही समानुपातिक भएन होला। तर, देश विकास गर्ने दृष्टिकोणबाट हेर्ने हो भने देशको लक्ष्य अहिले सुखी नेपाल समृद्ध नेपाली नै हो। जसको नारा भए पनि। बजेटले यो स्वीकार गरेको छ। यो टार्गेटमा पुग्न अहिलेको बजेटले घनिभूतरुपमा सम्बोधन गरेको छ। बजेट यथार्थपरक छ। पहिले हुँदैनथ्यो। पहिलोचोटी यथार्थपरक बजेट आएको छ,’ उनले भने, ‘त्यसकारण मन्त्रालयगत बजेट थोरबहुत तलमाथि हुँदा बिचलित भइहाल्नुपर्ने र यहाँबाट जनतामा निराशा सम्प्रेषण हुने गरी माननीयज्यूहरु प्रस्तुत हुन आवश्यक छैन।’