सुनको मूल्य तोलामा ८ सय रुपैयाँ सस्तियो, चाँदीमा ५० रुपैयाँको गिरावट

बिजमाण्डू
२०८२ असार ६ गते ११:४३ | Jun 20, 2025
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ सस्तियो, चाँदीमा ५० रुपैयाँको गिरावट

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

बिहीबार सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि ९ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ९५ हजार ९ सय रुपैयाँ भएको थियो।

गत आइतबार र सोमबार तोलाको १ लाख ९७ हजार ५ सय पुगेको सुन मंगलबार घटेर १ लाख ९५ हजार रुपैयाँ भएको थियो।

चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रति तोला २ हजार १५० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदी घटेर प्रति तोला २ हजार २ सय रुपैयाँ थियो। यसअघि ६५ रुपैयाँ बढ्दै बुधबार कारोबार मूल्य प्रति तोला २ हजार २ सय २५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दै प्रति औंस ३३५२.७१ डलर भएको छ। चाँदी प्रति औंस ३५.६६ डलर रहेको छ।