गठनको दुई महिनापछि बस्यो सुशासन आयोगको बैठक, अध्यक्ष ओली नै कार्यक्षेत्रबारे अलमलमा

बिजमाण्डू
२०८२ असार ४ गते १५:४३ | Jun 18, 2025
गठनको दुई महिनापछि बस्यो सुशासन आयोगको बैठक, अध्यक्ष ओली नै कार्यक्षेत्रबारे अलमलमा

काठमाडौं। उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक गठनको करिब दुई महिनापछि बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले वैशाख ८ गते आयोग गठन गरेकामा पहिलो बैठक बुधबार बसेको हो।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

आयोग गठन गरिएकामा त्यतिखेरै आलोचना भएको थियो। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको र सुशासन कायम गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाटै निर्णय गर्न सक्ने अवस्थामा कानुनी आधारविना ओलीले आफ्नै अध्यक्षतामा आयोग गठन गरेकामा सुशासन मामिलाका जानकारहरुले प्रश्न उठाएका थिए।

ओलीले आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिलाई पनि सदस्य बनाउने भएका छन्। १५ सदस्यीय आयोग अहिले अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सदस्य छन्।