सुक्खा पहिरो खसेपछि नारायणढ-मुग्लिन सडकखण्ड अवरुद्ध, हटाउने प्रयास जारी

बिजमाण्डू
२०८२ असार ३ गते १३:३८ | Jun 17, 2025
सुक्खा पहिरो खसेपछि नारायणढ-मुग्लिन सडकखण्ड अवरुद्ध, हटाउने प्रयास जारी

काठमाडौं। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ।

Tata
GBIME

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

उनल अहिले सडक विभागको मेसिन प्रयोग गरि पहिरो हटाउने काम भइरहेको छ। पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ।