साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

बिजमाण्डू
२०८२ जेठ ३० गते ११:०४ | Jun 13, 2025
साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं। साताको अन्तिम दिन सुनको भाउ महँगिएको छ। शुक्रबार सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रति तोला १ लाख ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

बिहीबार सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँ भएको छ।

बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार प्रति तोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ३३२५.५५ डलर पुगेको छ। बिहीबार सुन प्रति औंस ३३६९.६४ डलर थियो। शुक्रबार चाँदी प्रति‍ औंस ३६.१७ डलर रहेको छ। बिहीबार चाँदी प्रति औंस ३६.३३ डलर थियो।