जंगल सफारी लजको मनसुन अफर, सौराहा घुम्न जोडीलाई तीन दिनको प्याकेजको मूल्य २५ हजार

बिजमाण्डू
२०८२ जेठ २९ गते १७:३० | Jun 12, 2025
जंगल सफारी लजको मनसुन अफर, सौराहा घुम्न जोडीलाई तीन दिनको प्याकेजको मूल्य २५ हजार


काठमाडौं। सौराहाको जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरेर मनसुन अफर सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

लजले सौराहा घुम्न चाहनेलाई लक्षित गरी दुई रात तीन दिनको प्याकेज ल्याएको हो। २५ हजार रुपैयाँको प्याकेजमा दुई जनाले सेवा पाउनेछन्।

होटेलका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटकलाई लक्षित गरी ल्याइएको प्याकेजमा सरप्राइज गिफ्ट पनि रहेको बताए।

यो प्याकेजमा ब्रेकफास्ट, लन्च र डिनर समावेश छ। सहभागीले जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु गाउँ अवलोकन गर्न पाउनेछन्। घिमिरेका अनुसार यो अफर असार १ देखि भदौ ३० गतेसम्म लागू हुनेछ।