नाडाले भन्यो- बजेट अटोमोबाइल मैत्री आयो, मौद्रिक नीति पनि सकारात्मक हुनुपर्छ



बिजमाण्डू
२०८२ जेठ १७ गते १६:१० | May 31, 2025
नाडाले भन्यो- बजेट अटोमोबाइल मैत्री आयो, मौद्रिक नीति पनि सकारात्मक हुनुपर्छ

काठमाडौं। सवारी बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेट सकारात्मक आएको जनाएको छ।

Tata
GBIME
Nepal Life

संगठनले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिइएको थियो। नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोबाइल मैत्री आएको छ।’

सवारी व्यवसायीको सरोकारलाई बजेटले समेटेको नाडाले उल्लेख गरेको छ। ‘खासगरि यस बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ। यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउँदो मौद्रिक नीतिसमेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

आफूहरुको आवाजलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको भन्दै नाडाले नेपाल सरकारलाई धन्यवाद दिएको छ।