काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आज संघीय संसद्मा प्रस्तुत भएको बजेट ‘ठिकठाक’ भएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता समेत रहेका महतले बजेटमा सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको बताएका हुन्।
उनले बजेट धेरै विषयमा मौन रहेको भन्दै राम्रो बजेट आउन सक्ने बताए।
उनले भने, ‘समग्रमा बजेट ठिकठाक छ। अझ यो बोल्ड हुन सक्थ्यो।’
उनले बजेट अनावश्यक संरचना हटाउनेबारेमा भने मौन रहेको बताएका छन्।










