BIZMANDU
www.bizmandu.com

विष्णु पौडेलको बजेटबारे प्रकाशशरण भन्छन् : बजेट ठिकठाक छ, अझ बोल्ड हुन सक्थ्यो

२०८२ जेठ १५

विष्णु पौडेलको बजेटबारे प्रकाशशरण भन्छन् : बजेट ठिकठाक छ, अझ बोल्ड हुन सक्थ्यो
विष्णु पौडेलको बजेटबारे प्रकाशशरण भन्छन् : बजेट ठिकठाक छ, अझ बोल्ड हुन सक्थ्यो

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आज संघीय संसद्‍मा प्रस्तुत भएको बजेट ‘ठिकठाक’ भएको प्रतिक्रिया दिएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले आज संसद्‍मा बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता समेत रहेका महतले बजेटमा सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको बताएका हुन्।

उनले बजेट धेरै विषयमा मौन रहेको भन्दै राम्रो बजेट आउन सक्ने बताए।

उनले भने, ‘समग्रमा बजेट ठिकठाक छ। अझ यो बोल्ड हुन सक्थ्यो।’

उनले बजेट अनावश्यक संरचना हटाउनेबारेमा भने मौन रहेको बताएका छन्।