निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा अबदेखि बैंक ग्यारेण्टी राख्न नपर्ने

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:३७ | May 29, 2025
निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा अबदेखि बैंक ग्यारेण्टी राख्न नपर्ने


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्न नपर्ने व्यवस्था गर्ने भएको छ।

Tata
GBIME

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा ३ लाख बैंक ग्यारेण्टी राख्न पर्ने व्यवस्था खारेज गरेको उनले बताएका छन्।