BIZMANDU
www.bizmandu.com

निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा अबदेखि बैंक ग्यारेण्टी राख्न नपर्ने

२०८२ जेठ १५

निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा अबदेखि बैंक ग्यारेण्टी राख्न नपर्ने
वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्न नपर्ने व्यवस्था गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

निकासी पैठारी गर्ने उद्योगले एक्जिम कोड लिँदा ३ लाख बैंक ग्यारेण्टी राख्न पर्ने व्यवस्था खारेज गरेको उनले बताएका छन्।