सूचना प्रविधिसम्बन्धी विधेयक संसद लैजान स्वीकृति, विज्ञापन बोर्डमा दोहोरिए हुमागाईं

बिजमाण्डू
२०८२ जेठ १३ गते १६:३७ | May 27, 2025
सूचना प्रविधिसम्बन्धी विधेयक संसद लैजान स्वीकृति, विज्ञापन बोर्डमा दोहोरिए हुमागाईं

काठमाडौं। सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

Tata
GBIME

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस्तै, विज्ञापन बोर्डको रिक्त अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

२०७७ मा हुमागाईंलाई सरकारले बोर्ड अध्यक्ष बनाएको थियो। चार वर्षे कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त प्रक्रिया अघि बढाएको थियो। सोमबारको क्याबिनेटले हुमागाईंलाई नै दोहोर्‍याउने निर्णय गरेको हो।