हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण जेठ २० देखि, ५ करोड रुपैयाँ खर्च हुने

बिजमाण्डू
२०८२ जेठ १२ गते १७:५६ | May 26, 2025
हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण जेठ २० देखि, ५ करोड रुपैयाँ खर्च हुने

काठमाडौं। हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण जेठ २० गतेदेखि हुने भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपाल पर्यटन बोर्डसँग मिलेर काठमाडौंमा तीन दिने मेला गर्न लागेको हो।

Tata
GBIME

देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल मेला मानिने मार्टमा १२० देशका पर्यटन व्यवसायीहरुलाई निम्ता गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाइले जानकारी दिए।

नेपालका सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसारका लागि ट्राभल भ्लगरहरुलाई पनि बोलाइएको छ। मेलामा करिब ७०० प्रतिनिधिको सहभागिता रहनेछ।

मेलामा पर्यटनका विभिन्न विषयमा प्यानल डिस्कसनका साथै बिजनेस मिटिङ पनि हुनेछ। विभिन्न कम्पनीले प्रदर्शनी कक्ष राख्ने छन्।

मेलामा सहभागी हुने विदेशीलाई काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गराउने तालिका छ। मार्ट आयोजनामा ५ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

मार्टबाट नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।