पियोर इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार मूल्य कति ?

बिजमाण्डू
२०८२ जेठ १२ गते १७:२० | May 26, 2025
पियोर इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार मूल्य कति ?

काठमाडौं। पियोर इनर्जीको आइपीओ दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।

Tata
GBIME

कम्पनीको ८० लाख कित्ता साधारण सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीसँग भएको सूचीकरण सम्झौता अनुसार सर्वसाधारण सेयरधनीमा वितरित २० प्रतिशत अर्थात १६ लाख कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८० प्रतिशत अर्थात ६४ लाख कित्ता सेयर सूचीकरण गरेको नेप्सेले जनाएको छ।

कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजार कारोबारमा आउनेछ। नेप्सेले पियोर इनर्जीको सेयर कारोबार सुरु गर्न मूल्य प्रति कित्ता ९६.४५ रुपैयाँदेखि २८९.३५ रुपैयाँ तोकेको छ।