काठमाडौं। पियोर इनर्जीको आइपीओ दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।
कम्पनीको ८० लाख कित्ता साधारण सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीसँग भएको सूचीकरण सम्झौता अनुसार सर्वसाधारण सेयरधनीमा वितरित २० प्रतिशत अर्थात १६ लाख कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८० प्रतिशत अर्थात ६४ लाख कित्ता सेयर सूचीकरण गरेको नेप्सेले जनाएको छ।
कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजार कारोबारमा आउनेछ। नेप्सेले पियोर इनर्जीको सेयर कारोबार सुरु गर्न मूल्य प्रति कित्ता ९६.४५ रुपैयाँदेखि २८९.३५ रुपैयाँ तोकेको छ।