हिलटेकले ९ महिनामा गर्‍यो २५ करोडको व्यापार, प्रतिस्पर्धा र मन्दीले दबाब

बिजमाण्डू
२०८२ जेठ ११ गते १३:२६ | May 25, 2025
हिलटेकले ९ महिनामा गर्‍यो २५ करोडको व्यापार, प्रतिस्पर्धा र मन्दीले दबाब

काठमाडौं। हिलटेक ब्राण्डको पानी ट्यांकी तथा प्लम्बिङ प्रडक्ट उत्पादन गर्ने हिलटेक प्लास्टिक एण्ड पाइप इन्डस्ट्रिजले ९ महिनामा २५ करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। कम्पनीले सन् २०२४/२५ को नौ महिनामा कम्पनीले उक्त कारोबार गरेको हो।

Tata
GBIME

गत वर्ष २०२४ मा कम्पनीले ३५ करोड रुपैयाँको व्यापार गरेको थियो। त्यसअघि सन् २०२३ मा ४४ करोड ४० लाख र २०२२ मा ३३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीले एचडीपीइ पाइप, डीडब्लूसी पाइप र पीपीआर पाइपबाट धेरै आम्दानी गर्छ। पछिल्लो समय बढ्दो प्रतिस्पर्धा, आर्थिक मन्दीसँग सरकारी ठेक्कामा कम सहभागी भएकाले कम्पनीको व्यापार सीमित बन्न पुगेको छ।

कम्पनीले ८० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्सबाट क्रेडिट रेटिङ पाएको छ।