डलर, युरो र पाउण्डसँगै अधिकांश मुद्रा सस्तिँदा रिंगेट महँगियो, यस्तो छ आज विनिमय दर

बिजमाण्डू
२०८२ जेठ १० गते ०५:५० | May 24, 2025
डलर, युरो र पाउण्डसँगै अधिकांश मुद्रा सस्तिँदा रिंगेट महँगियो, यस्तो छ आज विनिमय दर


काठमाडौं। अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङसँगै शनिबार अधिकांश विदेशी मुद्राको विनिमय दर घटेको छ।मलेसियन रिंगेट बढेको छ भने कोरियन वोन स्थिर छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ५ पैसा र बिक्री दर १३६ रुपैयाँ ६५ पैसा भएको छ। शुक्रबार खरिद दर १३७ रुपैयाँ ३१ पैसा र बिक्री दर १३७ रुपैयाँ ९१ पैसा थियो।

युरोपियन युरोको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ १९ पैसा छ। शुक्रबार खरिद दर १५५ रुपैयाँ २८ पैसा र बिक्री दर १५५ रुपैयाँ ९६ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर १८३ रुपैयाँ ६७ पैसा र बिक्री दर १८४ रुपैयाँ ४८ पैसा छ। शुक्रबार खरिद दर १८४ रुपैयाँ २५ पैसा र बिक्री दर १८५ रुपैयाँ ५ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १६५ रुपैयाँ ८५ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा छ। शुक्रबार खरिद दर १६६ रुपैयाँ १६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा थियो।

चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ २ पैसा छ। शुक्रबार खरिद दर १९ रुपैयाँ ६ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा थियो।

अष्ट्रेलियन डलर, जापानी येन, क्यानेडियन डलर, सिंगापुर डलर, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम पनि घटेको छ।

मलेसियन रिंगेटको खरिद दर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा भएको छ। शुक्रबार खरिद दर ३२ रुपैयाँ १२ पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा थियो।

दक्षिण कोरियाली मुद्रा वोनको १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसामा स्थिर छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.०५१३६.६५
युरोपियन युरो१५४.५११५५.१९
पाउण्ड स्टर्लिङ१८३.६७१८४.४८
स्वीस फ्रयांक१६४.८५१६५.५८
अष्ट्रेलियन डलर८७.९४८८.३३
क्यानेडियन डलर९८.५०९८.९३
सिंगापुर डलर१०५.८११०६.२८
जापानी येन१०९.५०९.५४
चिनियाँ युआन१८.९४१९.०२
साउदी रियाल३६.२७३६.४३
कतारी रियाल३७.३३३७.४९
थाइ भाट४.१७४.१९
यूएई दिराम३७.०४३७.२०
मलेसियन रिंगेट३२.१६३२.३०
कोरियन वोन१००९.९४९.९८
स्वीडिश क्रोनर१४.२८१४.३४
डेनिश क्रोनर२०.७१२०.८०
हङकङ डलर१७.३७१७.४५
कुवेती दिनार४४३.६१४४५.५६
बहरेन दिनार३६०.८५३६२.४४
ओमानी रियाल३५३.४०३५४.९६
स्रोत : नेपाल राष्ट्र बैंक