हिम स्टार ऊर्जा कम्पनीले ११ करोड १९ लाखको आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति

बिजमाण्डू
२०८२ जेठ ९ गते १५:०१ | May 23, 2025
हिम स्टार ऊर्जा कम्पनीले ११ करोड १९ लाखको आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति

काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइपीओ निष्कासनका लागि शुक्रबार अनुमति दिएको हो।

Tata
GBIME

कम्पनीले ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। हिम स्टारले चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासनको अनुमतिका लागि २०८० मंसिरमा आवेदन दिएको थियो।

विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिट छ।