काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइपीओ निष्कासनका लागि शुक्रबार अनुमति दिएको हो।
कम्पनीले ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। हिम स्टारले चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासनको अनुमतिका लागि २०८० मंसिरमा आवेदन दिएको थियो।
विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिट छ।