बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय : प्रवेशमा कडाइ, बजेट महाशाखा बाहिर पनि प्रहरी तैनाथ

बिजमाण्डू
२०८२ जेठ ९ गते १४:०३ | May 23, 2025
बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय : प्रवेशमा कडाइ, बजेट महाशाखा बाहिर पनि प्रहरी तैनाथ

काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा प्रवेश कइाइ गरिएको छ। जेठ १५ गते बजेट प्रस्तुत गर्ने दिन संघारमा आइपुग्दा अहिल मन्त्रालयमा प्रवेशमा कडाइ गरिएको हो।

Tata
GBIME

मन्त्रायलले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई ध्यान दिएर प्रवेशमा कडाइ गरिएको जनाएको छ।

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्,’ अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने।

उनले बजेटको तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरिएको बताए। मन्त्रालयमा प्रवेश गर्नेहरुको आधिकारिक परिचयपत्रको आधारमा मात्रै अहिले प्रवेश दिइँदैछ।

यस्तै, बजेट महाशाखा बाहिर पनि प्रहरी तैनाथ गरिएको छ।

आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो।