
काठमाडौं । मेरियट इन्टरनेसनलसंगको आफ्नो सहकार्यलाई निरन्तरता दिँदै सीजी हस्पिटालिटीले नयाँ होटल श्रृंखला ‘सिरिज बाइ मेरियट’ को सुरुवात गरेको छ।
सीजी हस्पिटालिटीले आफ्नो बहुमत सेयर रहेको कम्पनी कन्सेप्ट हस्पिटालिटीमार्फत मेरियट इन्टरनेसनलसँग उक्त साझेदारीको घोषणा गरेको हो।
यो नयाँ होटल श्रृंखला भारतको प्रसिद्ध वातावरणमैत्री होटल चेन द फर्नसँगको सहकार्यमा सुरु गरिएको हो। यस सहकार्यले सीजी हस्पिटालिटीको नेपाल, संयुक्त अरब इमिरेट्स, श्रीलंका र फिलिपिन्स जस्ता मुख्य बजारहरूमा बढ्दो उपस्थितिलाई थप सुदृढ बनाउने कम्पनीले विश्वास लिएको छ।
सीजी हस्पिटालिटी सीजी कर्प ग्लोबलअन्तर्गत संचालनमा रहेको आतिथ्य कम्पनी हो।
सम्झौता अनुसार द फर्न, फर्न रेसिडेन्सी, रफर्न हेबिटाटअब म्यारियटको अन्तर्राष्ट्रिय प्रणालीमा समावेश हुनेछन्। हाल कन्सेप्ट होस्पिटालिटी अन्तर्गत ९० वटा भारतीय सहरहरुमा १२० भन्दा बढी होटल संचालनमा छन् भने ४० होटल विस्तारको क्रममा छन्।
नयाँ सम्झौताबाट करिब ८४ वटा फर्न ब्रान्डका होटल र करिब ६ हजार कोठा म्यारियटको भारतस्थित पोर्टफोलियोमा थपिनेछन्।
उक्त सम्झौताबारे सीजी हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भने, ‘यो सहकार्य केवल पोर्टफोलियो विस्तार मात्रै होइन, यो हाम्रो साझा दृष्टिकोणको प्रतिबिम्ब हो, आतिथ्य क्षेत्रलाई नयाँ परिभाषा दिने। हामीले भारतका साना सहरहरूमा फर्नमार्फत् दिगो, उत्तरदायी र पहुँचयोग्य आतिथ्यलाई अघि सारेका थियौं। अब हाम्रो लक्ष्य सन् २०३० भित्र फर्न ब्रान्डलाई ५०० होटलमा विस्तार गर्नु हो र सीजी हस्पिटालिटीलाई विश्वभर ६५० होटलसम्म पुर्याउनु हो। मेरियटको अन्तर्राष्ट्रिय पहुँच, भरोसा र कार्यक्रम हाम्रो यात्रामा थप प्रोत्साहन हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।’
सम्झौता अनुसार मेरियटले कन्सेप्ट होस्पिटालिटीमा लगानी गर्ने र भारतमा फर्न ब्रान्डहरूका लागि विशेष सह-ब्रान्डिङ गर्नेछ। यस सम्झौता पश्चात फर्न होटलहरुले मेरियटको अन्तर्राष्ट्रिय बुकिङ प्रणाली, प्रविधि, तथा करिब २३ करोड ७० लाख सदस्य रहेको ‘बोनभोय लोयल्टी प्रोग्राम’ को फाइदाम लिन सक्नेछ।
सीजी हस्पिटालिटीले ‘द फर्न’ लाई वातावरणमैत्री र उच्चस्तरीय आतिथ्य सेवाको एक अग्रणी ब्रान्डको रुपमा स्थापित गर्दै आफ्नो विश्वव्यापी यात्रा तय गर्दै आएको छ।
यसअघि सीजी हस्पिटालिटीले फिलिपिन्सस्थित फार्म एट सान बेनिटोलाई पनि म्यारियटको ‘अटोग्राफ संग्रह’ ब्रान्डमा संचालन गर्ने घोषणा गरिसकेको छ।