बुद्ध एयरले एटीआर ७२ मार्फत भरतपुरमा गर्‍यो परीक्षण उडान, नियमित उडानको अनुमति कहिले?   

बिजमाण्डू
२०८२ जेठ ८ गते १३:२३ | May 22, 2025
बुद्ध एयरले एटीआर ७२ मार्फत भरतपुरमा गर्‍यो परीक्षण उडान, नियमित उडानको अनुमति कहिले?   

काठमाडौं। बुद्ध एयरले एटीआर ७२ सिरिजको जहाजमार्फत भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको छ।

Tata
GBIME

एटीआर ४२ सिरिजको जहाजको उडान अवधि सकिन लागेका कारण बुद्धले भरतपुरमा ठूलो क्षमताको जहाजमार्फत उडान गर्ने व्यावसायिक योजना अनुसार बिहीबार परीक्षण उडान गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुद्ध एयरले परीक्षण उडान गरेको जानकारी दिए।

‘आजको परीक्षण उडान भएको छ। अब हामी प्राविधिक टोलीको रिपोर्ट आएपछि बुद्ध एयरलाई एटीआर ७२ मार्फत नियमित उडान गर्न अनुमति दिनेछौं,’ उनले भने।

परीक्षण उडानमा क्यानका इन्जिनियर पनि सहभागी थिए। बुद्धले एटीआर-७२ मार्फत उडानका लागि डेढ वर्षदेखि प्रस्ताव गर्दै आएको थियो।

बुद्धले भरतपुर विमानस्थलमा हाल दुईवटा एटीआर ४२ मार्फत दैनिक ८ वटा उडान गर्दै आएको छ।