
काठमाडौं । एनसेलले प्रिपेड ग्राहकहरुका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरु संचालनमा ल्याएको छ। एक हप्ताका लागि ग्राहकहरुको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बजेटमैत्री प्याकहरू संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ प्याकहरु आजदेखि नै खरिद गर्न सकिनेछ। भ्वाइस प्याक अन्तर्गत ग्राहकहरुले ७ दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र ९९ रुपैयाँमा लिन सक्छन्।
यस्तै, हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन्। यसैगरी डेटामात्र चाहने ग्राहकले १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन्।
यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने एनसेलले जनाएको छ। यसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउने अपेक्षा कम्पनीको छ। ग्राहकहरूले *१२३*९# डायल गरि वा एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्नेछन्।
सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने भने कम्पनीले जनाएको छ।