
विश्वका धनाढ्य इलन मस्कको कम्पनी स्टारलिंकको इन्टरनेट सेवा दक्षिण एसियाली देशहरुमा विस्तार हुने क्रम जारी छ। स्टारलिंकको इन्टरनेट सेवा आजबाट बंगलादेशमा पनि उपलब्ध भएको छ।
यसअघि भुटानमा पनि स्टारलिंकको इन्टरनेट सेवा पुगिसकेको छ। स्टारलिंक एरोस्पेस कम्पनी स्पेसएक्सको सहायक कम्पनी हो।
भारतमा पनि स्टारलिंकको इन्टरनेट उपलब्ध गराउनेबारे सहमति भइसकेको छ। छिट्टै भारतमा स्टालिंकको इन्टरनेट चल्ने बताइन्छ।
भारतमा एयरटेलले स्टारलिंकको इन्टरनेट सेवा दिनेबारे सहमति गरिसकेको छ। यस्तै, जियोले पनि स्टारलिंकको इन्टरनेट उपलब्ध गराउनेबारे स्पेसएक्ससँग सहमति भएको घोषणा गरिसकेको छ।
नेपालमा पनि स्टारलिंकको इन्टरनेट संचालनबारे विभिन्न चरणमा छलफल भएको छ। तर, इन्टरनेट उपलब्ध गराउनेबारे भने कुनै निर्णय भएको छैन।
Starlink’s high-speed, low-latency internet is now available in Bangladesh! 🛰️🇧🇩❤️ → https://t.co/Q0StscVtIP pic.twitter.com/J88dJC7rzR
— Starlink (@Starlink) May 20, 2025