नुनको गुणस्तरबारे हल्ला फैलाइयो, आयोडिनको मात्रा बढी छैन : उद्योग मन्त्री भण्डारी

बिजमाण्डू
२०८२ जेठ ५ गते १५:३३ | May 19, 2025
नुनको गुणस्तरबारे हल्ला फैलाइयो, आयोडिनको मात्रा बढी छैन : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आयोडिन नुनमा आयोडिनको मात्रा तोकिएको भन्दा बढी नभएको बताएका छन्।

Tata
GBIME

आज राजधानीमा उपभोक्ता सुरक्षाबारे आयोजित अन्तर्क्रिया कार्यक्रममा भण्डारीले नुन बिक्री गर्नु भन्दा पहिले त्यसको गुणस्तर र ल्याब परीक्षण गरेर मात्र बजारमा वितरण गर्ने भएकोले आयोडिनको मात्रामा कुनै समस्या नभएको बताएका हुन्।

‘आयोडिनको मात्र बढी हुँदा विभिन्न रोग आएको भन्ने हल्ला मात्र हो।  यस्तो अफवाह फैलाउन आवश्यक छैन,’ उनले भने।

त्यसक्रममा उनले नुनको कृत्रिम अभाव र कार्टेलिङ हटाउनु पर्ने भन्दै साल्ट ट्रेडिङले पाउँदै आएको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने कुरामा कुनै निर्णय नभएको पनि जानकारी दिए।